Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साताको दोस्रो दिन ३ अंकले बढ्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

अघिल्लो दिन आइतबार २२ अंकले घटेको नेप्से ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा कायम भएको हो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ।

यसदिन ३१७ स्क्रिप्सको ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ४ अर्ब ४४ करोड मूल्य बराबरमा सेयर कारोबार भएको थियो। आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

मुक्तिनाथ कृषि र नेपाल वेयरहाउजिङको सेयर १० प्रतिशतले बढेको हो। कालिञ्चोक दर्शनको सेयर ९.७९ प्रतिशतले बढ्दा पोखरा फाइनान्सको ८.४० र ग्लोबल आइएमई ब्यालेन्स फण्डको ८.१३ प्रतिशतले मूल्य बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड माथिको सेयर कारोबार भयो। कारोबारमा आएका १४९ स्टकको मूल्य बढ्दा ९० वटा को घट्यो भने ८ वटाको मूल्य भने स्थिर रह्यो।

तीनवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। बैं‌किङ,होटल्स एन्ड टुरिजम र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचकको नकारात्मक देखिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077