Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डलर देखाएर १८ लाख ठगी, तीनजना हैवारवेशीबाट पक्राउ

काठमाडौं । डलर देखाएर १८ लाख नेपाली रुपैयाँ ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

सिन्धुलीको खुर्कोट हैवारवेशीबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ बस्‍ने २४ वर्षीय श्याम तामाङ, सोही नगरपालिका बस्‍ने २६ वर्षीय तेन्जेन पाइन र अर्का २७ वर्षीय नारायण बहादुर पाइन पक्राउ परेका हुन् ।

उनीहरू गोलाञ्जोर गाउँपालिका-७ लौकुनस्थित ४४ वर्षीय राजु गौतमको १८ लाख नेपाली रकम लिएर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनीहरुको साथबाट नेपाली रुपैयाँ २० को नोट ६९ थान, अमेरिकी डलर १ को २३७ थान, मोबाइल ५ थान बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077