Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ढल्यो गण्डकी सरकार, मुख्यमन्त्रीले पाएको विश्वासको मत असंवैधानिक ठहर

काठमाडौं । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ ।

सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिट जारी गरिदिएसँगै अधिकारी नेतृत्वको सरकार ढलेको हो ।

सर्वोच्चले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले पाण्डेयको माग बमोजिम हुनेगरी फैसला गरेको हो ।

सर्वोच्चको यो फैसलासँगै मुख्यमन्त्री अधिकारीले पद गुमाएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री भएका अधिकारीले ६० सदस्य प्रदेश सभामा ३० जनाको मत पाएका थिए ।

उनको विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेपछि नेपाली कांग्रेसले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077