Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विकल अमेरिकी पिआर लिएको मुद्दामा पनि दोषी ठहर, एक वर्ष कैद !

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन् ।

विशेष अदालतले अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीशहरु राम बहादुर थापा र रितेन्द्र थोपाको इजलासले विकललाई दोषी ठहर गरेको हो ।

उनी झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएको बताइएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दे १ वर्ष कैद र १० हजार जरिवानाको फैसला सुनाइएको छ ।

पौडेलले सरकारी पदमा रहँदा नै संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति लिएका थिए । यससँगै उनी प्रतिवादी रहेका चारमध्ये दुईवटामा दोषी ठहर भएका छन् भने दुई मुद्दा विचाराधीन छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077