Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

११ वर्षीया बालिकासँग बिहे गरेको आरोपमा ३० वर्षीय अमर पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा ११ वर्षीया बालिकासँग विवाह गर्ने युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको पाणिनि गाउँपालिका-४ गेजाटाकुराका ३० वर्षीय अमर बहादुर राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ११ वर्ष ७ महिना ५ दिनकी बालिकासँग रानाले विवाह गरेका थिए ।

बालिकाका आफन्तले वैशाख ३१ गते राति विवाह गरेको जाहेरी दिएपछि प्रहरीले आइतबार पक्राउ गरिएको प्रहरीले जनएको छ ।

जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077