Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने रुसको निर्णय

एजेन्सी । रुसले तालिबानलाई प्रतिबन्धित आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने भएको छ ।

अफगानिस्तानमा सत्तामा फर्किएको तीन वर्षपछि रुसले तालिबानलाई प्रतिबन्धित आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने निर्णय गरेको हो ।

मस्कोले वर्षौंदेखि तालिबानसँगको सम्बन्धलाई बढावा दिएको छ । धेरै चरणको वार्ता गरेको छ र अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद अफगानिस्तानसँगको व्यापारलाई बढावा दिएको छ।

कजाकिस्तानले सन् २०२३ को अन्त्यमा तालिबानलाई प्रतिबन्धित सङ्गठनहरूको सूचीबाट हटाएको थियो।

यो कदमले रुस र अफगानिस्तानबीचको कूटनीतिलाई थप प्रवर्द्धन गर्न सक्छ तर तालिबान सरकार र यसलाई ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’ भनिने आधिकारिक मान्यता प्राप्त गर्ने छैन।

तालिबानले सन् २०२१ मा अमेरिका समर्थित सरकारबाट सत्ता हत्याएको थियो। उनीहरूले इस्लामिक कानूनको चरम रूप लागु गरेका छन्। उक्त कानूनले महिलाहरूलाई सार्वजनिक जीवनबाट प्रभावकारीरूपमा प्रतिबन्धित गर्दछ।

लाभरोभले रुसको निर्णय वास्तविक धरातललाई मान्यता दिनेबारे भएको बताए। रुसले तालिबान प्रतिनिधिहरूलाई आफ्नो प्रमुख सेन्ट पिटसबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा पनि आमन्त्रित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

यस घटनालाई कुनै समय पश्चिमसँग रुसको आर्थिक सम्बन्धको आधारशीलाका रूपमा हेरिएको थियो। रुसले वर्षौंदेखि तालिबानसँग सम्बन्ध कायम गर्दै आएको छ।

सन् २०१८ मा अमेरिकी सेनाप्रमुखले मस्कोले अफगानिस्तानमा हतियार प्रदान गरिरहेको आरोप लगाएका थिए। उक्त आरोपलाई मस्कोले उक्त समयमा अस्वीकार गरेको थियो। तालिबानलाई सन् २००३ मा रुसमा आतङ्कवादी सङ्गठन घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077