Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अबण्डा बजेट करिब ७६ अर्ब

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि अर्थ विविध शीर्षकमा करिब रु ७६ अर्ब बराबर विनियोजन गरेको छ ।

कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम रु ७५ अर्ब ९५ करोड तीन लाख बराबर छ । सरकारले आगामी आवका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कूल विनियोजनको चार दशमलव आठ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो ।

अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो ठानिँदैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077