Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यान पदाधिकारी क्रिकेट हेर्न श्रीमतीसहित अमेरिका प्रस्थान, सन्दीप नेपालमै !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका उडेका छन् ।

सन्दीप लामिछाने अमेरिका जाने अन्योलमै रहेका बेला क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का मंगलबार श्रीमतीसहित अमेरिका उडेका हुन् ।

अध्यक्ष चन्द आइसिसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आइसिसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरू बिजनेस क्लासमा यात्रा गर्छन् ।

आइसिसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलब्ध गराएको थियो । विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका अन्य व्यक्ति पनि जाने तयारीमा रहेको बुझिएको छ ।

तर, नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्‍याउन अहम् भूमिका खेलेका सन्दीप लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रकृया अन्योलमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077