Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनबारेको रिट न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट न्यायाधीशद्धय शर्मा र सुवेदीको इजलासमा तोकिएको हो ।

कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने मुख्यमन्त्रीको कदम असंवैधानिक भएको जिकिर गरेका छन् ।

उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077