Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली नोटसहित बाराबाट चार जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले १३ लाख बराबरको नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको कोल्हवी नगरका राजन चौधरी, आकाश चौधरी, विहार मोतिहारीका महमद आलम र रौतहटका मोहनकुमार रहेका छन् ।

उनीहरुलाई प्रहरीले १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।

नक्कली नोटको कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका ९ कचोर्वा, सानो बसवरीया र ठूलो बसवरीयाबाट चार जनालाई पक्राउ गरेको थियो।

उनीहरूबाट भारतीय नम्बर प्लेट बिआर ०६ए डब्लयु २७५८ नम्बरको मोटरसाइकलसहित ७ लाख ७ हजार बराबरको नक्कली नोट फेला परेको थियो।

पक्राउ परेका तीन जनाबाट थप ६ लाख ९ हजार बराबरको नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077