Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानमा बस दुर्घटना हँदा २८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भएको छ ।

बिस्मिया क्षेत्रमा ५० जनाभन्दा बढी यात्रु बोकेको बस सडकदेखि केही फिट तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा बसमा सवार महिला तथा बालबालिकासहित २८ जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगेर मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेको छ ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077