Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशमा अझै पनि सामन्ती अवशेष र पितृसत्ता हाबी छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलाहरूलाई नेतृत्व दिने सवाल ओझेलमा परेको बताएकी छन् ।

राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले यस्तो बताएकी हुन् । उनले समाजमा अझै सामन्ती अवशेष र पितृसत्ता हाबी भएकाले महिलाका सवालहरू ओझेलमा बताईन् ।

महिलाका सवालमा पछिल्लो संविधानले धेरै अधिकारहरू सुरक्षित गरेको उपाध्यक्ष शाक्यले बताईन् । तरपनि संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत सामन्ती अवशेष र पितृसत्ता हाबी नै रहेको उपाध्यक्ष शाक्यको भनाई छ ।

उपाध्यक्ष शाक्यले समानुपातिक कोटा महिलाका लागि भएकाले प्रत्यक्षमा टिकट दिन सकिँदैन भन्ने सामन्ती र पितृसत्तात्मक चिन्तनका कारण महिलाहरू जनताका बिचमा नेतृत्वको पहिचान बनाउन चुनौती देखा परेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077