Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशी सरकार गठनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याइने भएपछि स्थगित हुँदै अर्को दिनका लागि सारिएको हो।

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हालेको रिटमा बुधबार पेशी तोकिएको थियो।

तत्कालीन मुख्यमन्त्री कार्कीले दायरको रिटमा बहस गर्ने कानुन व्यवसायी धेरै भएको भन्दै इजलासले अर्कै दिनका लागि पेशी तोक्ने सल्लाह मागेपछि कानुन व्यवसायीले सहमति दिएका थिए ।

उक्त इजलासमा सर्वोच्च अदालत आफैँले दर्ता गरेको अदालतको अवहेलनामा बहस सक्न समय लाग्ने भएपछि स्थगित गरिएको हो ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट दोस्रो नम्बरमा पेशी तोकिएको थियो ।

कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077