Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकी प्रदेशको अर्थमन्त्रीमा लमजुङका टकराज

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् ।

मुख्यमन्त्री पाण्डेसँगै कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा.टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् ।

लमजुङका प्रदेशसभा सदस्य गुरुङ गण्डकी प्रदेशको अर्थमन्त्री बनेका छन्। मुख्यमन्त्री पाण्डेले गुरुङलाई आज अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

गुरुङले अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका छन् ।

त्यस्तै, मुख्यमन्त्री पाण्डेले पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077