Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्खेत जीप दुर्घटना : मृतक चारै जनाको सनाखत

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका(३ का रहेका छन् भने एकजना दैलेख भैरवि गापा-४ का रहेका छन् ।

मृत्यु हुनेमा कालिकोट शुभकालिका-३ का तन्त बिक, नमराज बिक र बिरेन्द्र बिक रहेका छन् । त्यस्तै भैरवि गापा-४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

त्यस्तै दुर्घटनामा घाइते भएकाहरु कालिकोट शुभकालिका(३ का नरि बिक र कालिकोट खाडाचक्र नपा-९ पाखाका नरेन्द्र बिष्ट (चालक) रहेका सुर्खेत प्रहरीले जनाएको छ । घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077