Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी भिसाका लागि दूतावासले बोलायो सन्दीपलाई अन्तर्वार्तामा

काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

सन्दीपलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले आज अपराह्नको समयमा बोलाएको हो ।

टी-२० विश्वकप खेल्न अमेरिका जान सन्दीपले दिएको भिसा आवेदन अमेरिकी दूतावासले अस्वीकार गरेको थियो ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।

तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077