Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपले विश्वकप खेल्न नपाउने, अमेरिकाद्वारा दोस्रो पटक पनि भिसा दिन अस्वीकार

काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

आज भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ताका लागि दूतावासमा बोलाएर फेरि भिसा दिन अस्वीकार गरेको हो ।

यसअघि अन्तर्वार्ता दिन उनी गत जेठ ९ गते दूतावास पुगेका थिए। भिसा प्रक्रियाका लागि लामिछाने आज दूतावास पुगेका थिए।

बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने राष्ट्रिय टोलीमा समावेश गराएको थियो ।

तर, अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि उनले टी–२० विश्वकपमा सहभागी हुन पाउने या नपाउने अन्योल बढेको छ ।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077