Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न समिति गठन गरेको छ।

मन्त्रिपरिषद बैठकले विश्वविद्यालयको नाममा रहेका जग्गाबारे अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा काठमाडौं उपत्यका भित्रको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज लगत संकलन, संरक्षण, उपयोग, व्यवस्‍थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गर्नेछ।

यसमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा, जानकीबल्लभ अधिकारी, विज्ञ सदस्य प्रा.डा प्रेमसागर चापागाईं र शिक्षा मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077