Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेको दुई दिने ‘राष्ट्रिय महिला भेला’ सम्पन्न

काठमाडौं । नेकपा एमालेको दुई दिने ‘राष्ट्रिय महिला भेला’ सकिएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा भएको भेलाले २१ बुँदे प्रस्तावहरू पारित गरेको हो।

भेलाले सबै किसिमका विभेद र हिंसा अन्त्यको विषयलाई आफ्नो मुख्य र साझा मुद्दाको रूपमा स्वीकार गर्दै नेकपा एमालेको मार्ग निर्देशनमा आ–आफ्नो ठाउँबाट व्यापक अभियान सञ्चालन गर्न साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

भेलाले एमालेमा हाल महिला सदस्य अनुपात करिब २७ प्रतिशत मात्र रहेको तथ्यलाई आत्मसात् गर्दै आगामी दिनमा सदस्य सङ्ख्याका साथै पार्टी र जनसङ्गठनका सबै संरचनामा महिलाको ५० प्रतिशत सहभागिता पुर्‍याउने लक्ष्यसहित विशेष अभियान सञ्चालन गर्न आग्रह गर्दै आ–आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गरेको छ ।

भेलाले पार्टी, जनसंगठन, समुदाय र राज्यका निकायमा पुगेका महिलाको गुणात्मक सहभागिता सुनिश्चित गर्न दक्षता अभिवृद्धिको विशेष कार्यक्रम सञ्चालन गर्न पार्टीलाई आग्रह गरेको छ।

चुनावी गठबन्धनको नाममा कानूनी छिद्रको दुरुपयोग गर्दै महिलाका लागि निर्धारण गरिएको प्रतिनिधित्व समेत घटाउने काम भइरहेको भेलाले निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077