Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पर्साबाट झण्डै दुई करोड मूल्य बराबरको औषधि बरामद

पर्सा । पर्सा प्रहरीले ठुलो परिणाममा भन्सार छलीका औषधी बरामद गरेको छ ।

प्रहरीले करिब २ करोड मूल्य बराबरको भन्सार छलीका औषधी बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले चलाइएको जाँचबाट उक्त औषधीसहित ट्रक बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भन्सार छलीका १ करोड ८५ लाख मूल्य बराबरको औषधी बरामद गरेको जिल्ला प्हरी कार्यालय पर्साले जनाएको छ ।

जिल्लाको परवानीपुरमा रहेको प्रहरीको चौकीले चलाएको छड्के जाँचका क्रममा बिलबिजक भन्दा बढीको औषधी बरामद भएको हो ।

बीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश–०२–०३–००१ ख ६५५७ नम्बरको ट्रकबाट बिलबिजक भन्दा बढीको औषधी बरामद गरिएको प्रहरीले जनाएको छ ।

औषधीसहित बरामद ट्रकलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077