Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित पाँचजना पक्राउ

कैलाली । अत्तरियाको एक होटलबाट लागुऔषध (खैरो हिरोइन) सहित पाँचजना युवक पक्राउ परेका छन् ।

शुक्रवार गोदावरी नगरपालिका–२ बसपार्क रोडस्थित डोटी बैतडी होटलको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा ५ जना युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत बाग रहेका छन् ।

यस्तै, गोदावरी–३ का २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका–७ का ३० वर्षीय भरतप्रसाद भट्ट रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९४० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077