Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंगापुर भ्रमणमा जान सरकारले स्वीकृति दिए पनि बालेनले गरे रद्द

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सिंगापुर भ्रमणमा नजाने भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्ले मेयर बालेनलाई सिंगापुर भ्रमण जान दिने निर्णय गरे पनि मेयर बालेन भने भ्रमणमा नजाने भएका हुन् ।

सिंगापुरमा जेठ २०-२२ गतेसम्म हुने नवौं वर्ल्ड सिटी समिटमा भाग लिन मन्त्रिपरिषद्को स्वीकृति माग गरिएको थियो ।

उनले कार्यव्यस्तताका कारण सिंगापुर भ्रमणमा नजाने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077