Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन

मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ ।

ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077