काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ ।
बजेटबारे पूर्वअर्थमन्त्री युवराज खतिवडा, पार्टी महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेलले सांसदहरुलाई प्रशिक्षण दिँदैछन् ।
उनीहरुको प्रशिक्षणपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।