Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको छ।

पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान सात बजे महिला तथा बालबालिका बोकेको डुङ्गा नदीमा डुबेको हो ।

दुर्घटना परेका पाँच जना बाँचेका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

नङ्गरहार सूचना तथा संस्कृति विभागले दिएको सन्देशमा अधिकारीले उक्त क्षेत्रमा मेडिकल टोली र एम्बुलेन्स पठाएको बताएका छन् ।

कम्तिमा पाँचवटा शव निकालिएको तथा अरूलाई खोज्ने प्रयास भइरहेको प्रान्तीय सरकारी अधिकारीले बताएका छन् ।

नजिकैको पुल नभएको कारण यस क्षेत्रका बासिन्दाले प्रायःखराब अवस्थामा डुङ्गा प्रयोग गरेर नियमितरूपमा नदी पार गर्ने गरेको स्थानीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077