Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - बजेटमा केही कमजोरी भेटिए आलोचना गर्नू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न निर्देशन दिएका छन्।

एमाले संसदीय दलको बैठकमा बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सकिने बताए ।

अध्यक्ष ओलीले भने, ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वाभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’

अध्यक्ष ओलीले बजेट वक्तव्य आएका केही विषयहरू उल्झनयुक्त, केही शब्दहरू उपयुक्त नहुने कुरा, केही शब्दहरू प्रयोग भएको र त्यसको भाव अर्थ र महत्वलाई बोक्न नसकेको अवस्था छ कि भन्दै ती कुराहरूलाई पनि हेर्न उनले निर्देशन दिए ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको जस्तो देखिएपनि समर्थन गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077