Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको टिप्पणी - उपाध्यक्ष पद स्वार्थ बिसाउने ठाउँ मात्रै हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष पद मान्छेहरूको स्वार्थ बिसाउने चौतारोमात्रै भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले युवा संघमा नेतृत्वको लफडा नल्याउन निर्देशन दिए।

अध्यक्ष ओलीले भने, ‘युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस्, सुन्नै नपरोस् । नेतृत्व र पदका लफडा । अप्ठेरो पर्‍यो भने पार्टीमा सोध्न आउनुस्, कसलाई बनाउने हामी भन्दिन्छौं । कसको कहाँ सच्याउनुपर्ने, तर अध्यक्ष एउटै हुने हो । उपाध्यक्ष ७ वटा चाहिने कुरा होइन, तैपनि पार्टीमा पनि छ उपाध्यक्ष, तर चाहिने कुरा होइन । मान्छेहरुको स्वार्थ बिसाउने ठाउँ चाहिने नि त चौतारो । त्यो स्वार्थ बिसाउने ठाउँमा मात्रै हो ।’

उनले नेतृत्व चयनमा अप्ठेरो परे पार्टीमा आउन निर्देशन दिए ।

अध्यक्ष ओलीले पार्टीको मिसनमा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

राष्ट्रिय एकताको विपरीतमा हुने कुनै काममा नलाग्न उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077