Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

मुसेखोला नजिक पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ ।

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरूद्ध भएको हो ।

शनिबार राति ७ बजे पहिरो खसेर अवरूद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077