Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपा सांसद झाले - हामी भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्सको फाइल खोल्न चाहन्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले बालमन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरणलगायतका अनियमितताका फाइल पनि खोल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता समेत रहेका सांसद झाले यस्तो बताएका हुन् ।

सांसद झाले गिरिबन्धु टीइस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताए ।

सांसद झाले भने,‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं।’

विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको सांसद झाले दाबी गरे ।

आफूहरु राजनीतिमा केही गर्न आएको दाबी गर्दै सांसद झाले रास्वपाले नै सबै बिगारेको रुपमा नलिन आग्रह गरे ।

विगतमा राजनीतिक दलहरुले परिवर्तनका लागि खेलेको भूमिकाको आफूहरुले सधैं प्रसंसा गर्ने तर, राजनीतिक परिवर्तनमा कपिराइट र क्रेडिट एकै पक्ष वा दलसँग नहुने सांसद झाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077