Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिपक्ष दलसँगको भेटलाई लिएर कसैले आत्तिनु पर्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनु नपर्ने बताएका छन् ।

पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको प्रष्टीकरण दिए।

उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा बताए।

अध्यक्ष नेपालले भने,‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ। सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ। अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन।’

उनले भेटपछि असमझदारी नहोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेको बताए।

अध्यक्ष नेपालले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए ।

देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको भन्दै उनले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा राखेर हिँड्ने खाले नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077