Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सफारी जीप दुर्घटना हुँदा ६ पर्यटक घाइते

चितवन । पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खैरहनी नगरपालिका–१२, दराई तालनजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, ना४च ८८५५ नम्बरको सफारी जीप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते सबै भारतको मुम्बई, बेन्डाली थानाका बासिन्दा हुन् ।

घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीय रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशंकर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर र ६२ वर्षीय पंकज गुप्तेश्वर छन् ।

रत्ननगर र भरतपुरका अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक चितवनकै रत्ननगर नगरपालिका–४ का ४५ वर्षीय सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077