Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट सहआयोजक वेस्ट इण्डिजले विजयी सुरुआत गरेको छ।

घरेलु मैदान प्रोभिडेन्स स्टेडियम गायनामा आइतबार राति भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराउँदै वेस्ट इण्डिजले विजयी सुरुआत गरेको हो।​

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । प्रतियोगिता अन्तरगत आज २ खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077