Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चीनका कारण रुस–युक्रेन युद्ध लम्बिएको जेलेन्स्कीको आरोप

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनका कारण रुस–युक्रेन युद्ध थप लम्बिन लागेको आरोप लगाएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्ता कमजोर बनाउने प्रयास गरिरहेको दाबी गरेका हुन् ।

उनले युद्ध चीनकै कारण लम्बिने अवस्थामा पुगेको आरोप लगाए । उनले चीन र रुसले यो वार्तामा अरु देशलाई सहभागी हुन रोक लगाएको आरोप लगाए।

साथै जेलेन्स्कीले रुसले प्रयोग गरिरहेका हतियारसमेत चीनबाट आइरहेको दाबी गरे। तर चीनले भने रुस–युक्रेनमा आफू कुनै पनि पक्षमा नरहेको दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077