Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी प्रदेश सरकार

काठमाडौँ । कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

कोशी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ।

कोशी सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेस आजदेखि उपस्थित हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077