Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदी रियाल देखाएर ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । साउदीको रियाल देखाएर ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली दुधौलीका दीपक तामाङ, टेकबहादुर घिसिङ र निरबहादुर तामाङ छन् ।

प्रहरीले उनीहरुको साथबाट १०० दरको साउदी रियाल २ थान, नेपाली रुपैयाँ १० को १०० थान, प्रदेश १–०५–००१ प ८०३७ नम्बरको मोटरसाइकल, बा ४६ प ९७७५ नम्बरको स्कुटर र ३ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले रामेछापको दोरम्बा गाउँपालिका–७ घर भई काठमाडौं बस्दै आएकी ५८ वर्षीया चन्दरी तामाङलाई साउदी रियाल देखाई ठगी गरेका थिए ।

सुनका गरगहना र नगद गरी चन्दरीबाट यो समूहले २ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी थियो ।

उनीहरुले अहिलेसम्म श्रृंखलाबद्ध रुपमा १४ लाख २१ हजार ५ सय रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सबैलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077