Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति बनिन् क्लाउडिया शेनबाम

एजेन्सी । मेक्सिकोका नागरिकले इतिहासमा पहिलो पटक राष्ट्रपतिमा महिलालाई निर्वाचित गरेका छन् ।

आज सकिएको मतगणनामा क्लाउडिया शेनबाम लगभग ६० प्रतिशत मतका साथ विजयी भएकी हुन् ।

मेक्सिको सिटीका पूर्व मेयर समेत रहनुभएकी शेनबामले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको देखिएको छ । निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरेको छैन ।

अहिले निर्वाचित भएकी शेनबामले आउँदो अक्टोबरको १ तारिखदेखि कार्यभार सम्हाल्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077