Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

इलाम । इलामको चुलाचुलीमा रतुवा खोलाले बोलेरो गाडी बगाउँदा दुई जनाको मृत्यु भएको छ ।​​

चुलाचुली गाउँपालिका वडा नम्बर ५ मा रहेको रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

इलामको दमक लारुम्बा आउँदै गरेको बोलेरो गाडी खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खोला तर्ने क्रममा बोलेरो बगाउन थालेपछि तीनजना भने हाम फालेर बाँचेका थिए भने तीन जनालाई बगाएको थियो । केही तल दुई जनाको शव भेटियो ।

एक जनालाई उद्धार गरेर झापाको दमकमा रहेको लाइफलाइन अस्पताल उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । गाडी खोलमै रहेकाले उद्धारको काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077