Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपा सांसद वाग्ले भन्छन् - बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको बताएका छन्।

संसदमा बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् । आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।

सांसद वाग्लेले भने, ‘समग्रमा बजेट सन्तुलित आएको छ । यसपटक बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ ।’

कुनै पनि मुलुक आर्थिक रूपमा सबल हुनका लागि लक्ष्य निर्धारण गर्नुपर्ने र त्यसलाई समयसमेत यकिन गरेर जानुपर्ने बताए ।

प्रस्तुत बजेटले पनि केही लक्ष्य निश्चित गरेको उनले बताए ।

सांसद वाग्लेले हरेक वर्ष बजेट बढाउँदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।

उनले बजेटको आकार केहि बढेको देखिए पनि जिडिपीको अनुपातमा यसवर्षको बजेट घटेर आएको दावी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077