Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली क्रिकेट टोलीलाई शुभकामना दिँदै सन्दीपले भने - नेपालीलाई गौरवान्वित गराउनू

काठमाडौं । आजदेखि विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टोलीलाई क्रिकेटर सन्दीप लामिछानेले जितका लागि शुभकामना दिएका छन् ।

विश्वकपमा सहभागी हुन नपाएका सन्दीपले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत आफ्ना तर्फबाट माया र शुभकामना भन्दै नेपालको जितका लागि कामना गरेका हुन् ।

उनले टोलीलाई आफ्नो उत्कृष्टता प्रदर्शन गरेर विश्वभरका नेपालीलाई गर्व गर्ने अवस्था बनाउन आग्रह पनि गरेका छन्।

‘म साथीहरूको यो अद्‌भूत समूहलाई मेरो तर्फबाट शुभकामना तथा माया पठाउँदै छु। अगाडिको रोमाञ्चक यात्राका लागि टोलीलाई शुभकामना’, सन्दीपले लेखेका छन्, ‘आफ्नो उत्कृष्टता दिएर विश्वभरका नेपालीलाई गौरवान्वित गराउनू। जय नेपाल !’

अमेरिकी दूतावासले भिसा नदिँदा सन्दीप विश्वकपमा सहभागी हुन पाएनन् । आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले आईसीसी टी-२० विश्वकपको सुरुवात गर्दै छ। नेपाली समयानुसार खेल राति सवा ९ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077