Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धनमा सल्लाह गरेर सरकार बनाउने प्रयास हुन्छ : राहुल गान्धी

एजेन्सी । भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले गठबन्धनमा सल्लाह गरेर सरकार बनाउने प्रयास गर्ने बताएका छन् ।

मंगलवार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सरकार बनाउनेबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले बुधवार बस्ने बैठकले सबै निर्णय गर्ने बताए । करिब २ महिना चलेको भारतको लोकसभाको निर्वाचनको मतगणना मंगलवार बिहानदेखि चलिरहेको छ ।

प्रारम्भिक तथ्यांकअनुसार कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २ सय ३५ को हाराहारीमा सिट जित्ने अनुमान गरिएको छ भने भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९५ सिटभन्दा माथि जित्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077