Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई आर्थिक रूपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउनको निम्ति शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाललाई आर्थिक रूपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताए ।

त्यस्तै, जलस्रोतमा लगानी गर्नुपर्ने र सिमान्तकृत वर्गलाई जलस्रोतको सेयर दिनुपर्ने उनले बताए ।

कृषिलाई बढावा दिनुपर्ने र आइटीको हब बनाउनसके रोजगारी सिर्जना हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077