Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

भक्तपुर । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चारजना चिनियाँ नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।

बुधबार सूर्यविनायक नगरपालिका–१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा७०प २८७२ नम्बरको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा स्रोत नखुलेको ६९ लाख पाँच हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।

आवश्यक कारबाहीका लागि उनीहरूलाई आन्तरिक राजस्व कार्यालय भक्तपुर बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077