Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप सुरु भएको चार दिनपछि विश्वप्रकाश भन्छन् - सन्दीपको भिसाका लागि सरकारले उचित पहल गरेन

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको आरोप लगाएका छन् ।

टी–ट्वान्टी क्रिकेट विश्वकप सुरु भएको चार दिनपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।

सांसद शर्माले अदालतको फैसला सुसूचित गरेर सरकारले सन्दीपको भिसाका लागि पहल गर्नुपर्ने भए पनि त्‍यसो नभएको बताए।

सांसद शर्माले भने,‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रन हुन्न हामी कयौंले भन्यौं, तर अदालतले निर्दोष सावित गरिसकेपछि सन्दीप लामिछाने विश्वकप खेलिरहेको हुनुपर्थ्यो । आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो।’

यसमा कमजोरी कहाँ रहेको हो भन्दै उनले खेलकुदमन्त्री, परराष्ट्र मन्त्री र समग्र सरकारको ध्यानाकर्षण गराउन चाहेको पनि बताए।

सन्दीपलाई अमेरिकाले दुई पटक अन्तर्वार्ता लिए पनि भिसा दिन अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077