Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेयर बालेनले गरेका काममाथि हस्तक्षेप नगर्न कांग्रेस सांसद शर्माको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको काममा हस्तक्षेप नगर्न केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्। सांसद शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको कामको समर्थन गर्दै उनको अभियानमा अवरोध नगर्न आग्रह गरे।

काठमाडौंको न्युरोडमा फूटपाथ विस्तार गर्ने महानगरको प्रयासलाई लिएर संसदमा सांसद शर्माले समर्थन जनाए । विशेष समयमा महामन्त्री शर्माले न्युरोडमा सडक पेटी विस्तार गर्ने काम सही भएको बताए ।

सांसद शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता रहेको बताए।

न्यूरोडमा सडकपेटी बढाउने काम गर्न काठमाडौं महानगरलाई दिनुपर्ने उनले बताए ।

संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्ने सांसद शर्माको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077