Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता संसदबाट अनुमोदन

काठमाडौं । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अनुमोदनका लागि पेश गरेको सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको हो ।

त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो। छलफलका क्रममा सांसदहरुले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए।

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले सम्झौता अनुमोदनपछि सौर्य ऊर्जा प्रविधिमार्फत ऊर्जा पहुँच बढाउन सहयोग पुर्‍याउने बताए ।

ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको मन्त्री बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077