Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुन:मतगणना गर्ने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगे व्यासका मेयर न्यौपाने

पोखरा । पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध तनहुँको  व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् ।

उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका मेयर न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

मेयर न्यौपानेले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ। मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्च अदालत पोखराले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो ।

गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतलाई निर्देशन जारी गरेको थियो ।

तनहुँबाट शिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी थियो । तर, उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै मेयर न्यौपाने बिहीबार सर्वोच्च पुगेका हुन् ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मेयर न्यौपाने जोशीलाई पराजित गर्दै दोस्रो पटक व्यासको मेयर बनेका थिए ।

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले धाँदली भएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्चमा रिट हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077