कञ्चनपुर । कञ्चनपुर कारगारका कैदी र प्रहरी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन नाथ, प्रहरी हवल्दार रामसिं धामी र कारागारका कर्मचारी जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएका हुन् ।
बिहीबार उनीहरू होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।