Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिफा विश्वकप छनोट : यूएईविरुद्ध पहिलो हाफमै दुई गोलले पछि पर्‍यो नेपाल

काठमाडौं । फिफा विश्वकप छनोट–२०२६ को दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछाडि परेको छ ।

बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा जारी खेलमा यूएईलाई अग्रतामा राख्न दुवै गोल हरिब अब्दल्लाह अलमुसारखले गरेका हुन् ।

छनोटको समूह 'एच' मा रहेको नेपाल तालिकाको पुछारमा छ ।

हालसम्म छनोटमा नेपालले चार खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077