Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शिक्षामन्त्री श्रेष्ठलक्षित अभिव्यक्तिबारे केपी ओलीले दिए प्रष्टीकरण, भने - अनावश्यक हल्ला गरियो

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा अनावश्यक ढंगले शिक्षामन्त्री सुमना श्रेष्ठसँग जोडिएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई लक्षित गर्दै अध्यक्ष ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको भन्ने अभिव्यक्ति दिएका थिए।

अध्यक्ष ओलीले उक्त विषयमा प्रष्टीकरण दिँदै भने,‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ।’

अध्यक्ष ओलीले केहि समय अगाडी विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको भन्ने अभिव्यक्ति दिएका थिए।

त्यसबारे शिक्षामन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् प्रतिवाद समेत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077