Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन सरकार ढाल्ने प्रयास सफल हुँदैन : केपी ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयत्‍न कसैले पनि नगरे हुने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले सत्ता गठबन्धन भत्किए अस्थिरता हुने बताउँदै यसमा कोही कसैले पनि खेल्नु राम्रो नहुने बताए ।

अध्यक्ष ओलीले भने,‘यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । त्यसैले यो समीकरण भत्किदैन। भत्किन दिइँदैन । अस्थिरता जन्मिने स्थितिमा रमाउने, खुसी हुने होइन । अस्थिरतामा खेल्नु राम्रो होइन । ’

वर्तमान सरकारको गठबन्धन ढाल्न अनेक प्रयास भइरहेको अध्यक्ष ओलीले दाबी गरे । अध्यक्ष ओलीले सत्ता समीकरण दिगो हुने दावी गरे।

अध्यक्ष ओलीले त्यस्तो प्रयास राष्ट्रिय राजनीतिको नकारात्मक पक्ष भएको जिकिर गरे। दलहरूको अपरिपक्वताले अस्थिरता उत्पन्न भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077